
युक्रेन सरकारले रुसमा रहेका आफ्ना नागरिकलाई तत्कालै देश छोड्न बुधवार आग्रह गरेको छ ।
रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै युक्रेन सरकारले यस्तो आग्रह गरेको हो ।
त्यस्तै युक्रेनी नागरिकलाई रुस नजान पनि युक्रेनको परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।
रुसले आक्रामकता बढाइरहँदा रुसमा रहेको युक्रेनको कन्सुलर सेवा पनि बन्द हुन सक्ने संकेत मन्त्रालयले गरेको छ ।
यसैबीच युक्रेन सेनाले आफ्ना जगेडा सैनिकहरूलाई युद्धका लागि तयारी अवस्थामा रहन आदेश पनि दिएको छ ।