
नेपाली कांग्रेसले बिहीवारको संसद बैठकमा कांग्रेसका सबै सांसदलाई सहभागी हुन ह्वीप जारी गरेको छ ।
कांग्रेस सांसद डिला संग्रौलाले बिहीवारको बैठकमा आफ्ना पार्टीका सबै सांसदलाई सहभागी हुन भनिएको जानकारी दिइन् ।
बिहीवारको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सैद्धान्तिक छलफल शुरू हुने भएकाले सबैलाई बैठकमा सहभागी हुन भनिएको उनले बताइन् ।
कांग्रेसले एमसीसी अनुमोदन गराउने तयारी गरेको छ तर सत्ता गठबन्धनमा रहेका दलहरू एमसीसीको विपक्षमा रहेका छन् ।
‘सबैजसो बैठकमा सहभागी हुनु भन्ने गरिएको छ । महत्त्वपूर्ण विषयमा छलफल हुने भएकाले बैठकमा सहभागी हुनुहोस् भनिएको हो । छलफलमा भाग लिने नलिने सांसदको स्वतन्त्रताको कुरा हो,’ संग्रौलाले भनिन् ।
बिहीवार दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ ।