०२ असार २०८३, मंगलबार

हुम्लामा बिहानैदेखि हिमपात

फागुन ११, २०७८
हुम्लामा बिहानैदेखि हिमपात
फाइल फोटो

हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा बुधवार बिहानदेखि हिमपात भएको छ । 

हिमपातबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ ।

नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका विमानस्थलले जनाएको छ । 

सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ । 

हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषक औंधी रमाएका छन् ।

कृषक हरिप्रसाद जैसीले भने, ‘यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।’ 
    
यसैबीच, नाम्खा गाउँपालिका–१ देखि ५ सम्मका कृषकलाई निःशुल्क स्याउका विरुवा वितरण गरिने भएको छ । यसका लागि १२ हजार ५०० विरुवा जुम्लाबाट ल्याइएको छ ।

हवाई मार्गबाट स्याउका विरुवा ल्याएको कृषि प्राविधिक शर्मिला शाहीले जानकारी दिइन् । उनले भनिन्, ‘हुम्लालाई स्याउ जोनका रूपमा विकसित गरिने उद्देश्य रहेको छ । स्याउ उत्पादनमार्फत कृषकको जीवनस्तर सुधार गरिने छ ।’

salt training

कमेन्ट गर्नुहोस्