०९ साउन २०८३, शनिबार

ब्रिटिस एजुकेशन ग्रुपको ‘द उलविच इन्स्टिच्युट’ दुबईमा

फागुन ११, २०७८
ब्रिटिस एजुकेशन ग्रुपको ‘द उलविच इन्स्टिच्युट’ दुबईमा

द ब्रिटिस एजुकेशन ग्रुपले दुबईमा पनि यही शनिबारका दिन ‘द उलविच इन्स्टिच्युट’को उद्घाटन गरेको छ । 

सन् २००३ देखि द ब्रिटिस एजुकेशन ग्रुप सञ्चालनमा रहेको छ । काठमाडौँको द ब्रिटिस कलेजसहित लण्डन र नेपालमा द ब्रिटिस एजुकेशन ग्रुपले शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको छ । 

दुबईको नलेज भिलेजका रुपमा परिचित स्थानमा यो कलेज रहेको छ ।   यो टिबिसी र द ब्रिटिस एजुकेशन ग्रुपका लागि विशेष गौरवको क्षण हो । यस शैक्षिक क्षेत्रमा गरिएको लगानीले नेपाली विद्यार्थीहरु लाभान्वित हुनेछन् । 

नलेज भिलेजको कन्फ्रेन्स सेन्टरमा उद्घाटन कार्यक्रम आयोजना भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि अर्ल लिमेरेकले स्वागत मन्तव्य दिएका थिए । उनले भने,‘ शिक्षामा परिवर्तन समयको माग हो, र भविष्यको रोजगारी तथा व्यवसायी बन्नका लागि आवश्यक सबै सीपहरूमा विद्यार्थीहरु निपुण हुन् भन्ने सुनिश्चितता हामीले गर्नुपर्दछ ।’

त्यस्तै सीईओ राजन कडेँलले भने,‘सुनौलो भविष्य निर्माणका लागि सर्वसुलभ मुल्यमा गुणस्तीय शिक्षा अपरिहार्य छ । यसका लागि हामीले कडा मेहेनत गर्दै आइरहेका छौँ ।’

कार्यक्रममा प्रिन्सिपल माइक ग्रिफफित्स, विशाल भट्टराई, मिनिस्टर काउन्सलर अफ दि एमबेसी अफ नेपाल), द ब्रिटिस एजुकेशन ग्रुपका निर्देशक महेन्द्रराज कडेँलको उपस्थिति रहेको थियो । 

बोर्डका सल्लाहकार डा. खालिद हेनकिरले भने,‘ विद्यार्थीहरू नयाँ भविष्यको लागि तयार छन् भनी सुनिश्चित गर्नको लागि मिडल इस्टमा परिवर्तित र चुस्त व्यवस्थापन तर्फ काम गर्न म अत्यन्तै केन्द्रित छु ।’

प्रमुख व्यापारिक हवहरुको नजिक रहेको द उलविच इन्स्टिच्युट विद्यार्थीहरुलाई विभिन्न खालका अवसर प्राप्त गर्ने बाटो बन्नेछ । नलेज भिलेजको केन्द्रमा रहेको क्याम्पस दुवई मिडिया सिटी, दुवई इन्टरनेट सिटी, दुवई मरिना र पाल्म जुमेरियाह नजिक रहेको छ । यहाँ विश्वस्तीय क्याफेटेरिया र आधुनिक सुविधाहरु प्राप्त हुनेछ । जसलाई विद्यार्थीहरुले सर्वसुलभ मुल्यमा प्राप्त गर्ने बताइएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्