२७ असार २०८३, शनिबार

विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई नियुक्त गर्न सिफारिस

फागुन ११, २०७८
विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई नियुक्त गर्न सिफारिस

न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले राजस्व न्यायाधीकरण काठमाडौंको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।

बैठकले उच्च अदालतका न्यायाधीशहरूलाई काजमा खटाउन सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

न्यायाधीश अब्दुल अजिज मुसलमानलाई उच्च अदालत पाटन हेटौंडा इजलास, नित्यानन्द पाण्डेयलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासमा काजमा खटाउने निर्णय गरिएको छ ।

यी हुन् निर्णयहरू – 

salt training

कमेन्ट गर्नुहोस्