०५ असार २०८३, शुक्रबार

स्रोत नखुलेको ९ लाख ५० हजारसहित भारतीय युवक पक्राउ

फागुन ११, २०७८
स्रोत नखुलेको ९ लाख ५० हजारसहित भारतीय युवक पक्राउ
प्रतिकात्मक तस्वीर

भारतबाट स्रोत नखुलेको ९ लाख बढी रकमसहित नेपाल प्रवेश गरेका १ युवकलाई महोत्तरी प्रहरीले बुधवार पक्राउ गरेको छ ।
    
पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको सिरसिया ग्रामपञ्चायत बस्ने २० वर्षीय दीपककुमार चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताए ।
    
बुधवार अपराह्न करीब ४ बजे भारतको सिरसियाबाट बीआर ३० एबी ८३४६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा कम्बलभित्र रातो प्लाष्टिकको झोलामा बेरेर नेपाल ल्याउँदै गरेको ९ लाख ५० हजारको मनरासिस्वा नगरपालिका–२ स्थित सीमानाका नजिकैको कट्टी गाउँमा खटिएका नेपाल प्रहरीले शंकाका लागि जाँच गर्दा भारतीय युवक दीपक रकमसहित पक्राउ परेका हुन् ।
    
स्रोत नखुलेको ९ लाख ५० हजार, मोटरसाइकल र पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयले बुधवार साँझ आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको डीएसपी विष्टले बताए ।

salt training

कमेन्ट गर्नुहोस्