×

NMB BANK
NIC ASIA

गुणस्तरीय शिक्षाको खाँचो– उपसभामुख शर्मा

फागुन ११, २०७८

NTC
Premier Steels

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयास आवश्यक हुने बताएकी छन् । पोखरा महानगरपालिका–९ बसपार्कस्थित सहारा आधारभूत विद्यालयको नवनिर्मित पक्की भवनको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयमा राज्यको लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको बताइन् ।

Muktinath Bank

सामुदायिक विद्यालयको भौतिक पूर्वाधारमा सम्पन्न भए पनि शैक्षिक गुणस्तर कायम हुननसकेको उल्लेख गर्दै उपसभामुख शर्माले यसका लागि राज्यका तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइको रु ७७ लाख १० हजारको लागतमा दुईतले चारकोठे भवन निर्माण सम्पन्न गरिएको हो । विद्यालयमा हाल २६१ जना छात्रछात्रा अध्ययनरत छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा शिक्षा निर्देशक घनश्याम पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न सबैपक्षको साथ र सहयोग आवश्यक पर्ने बताए । गैसस महासङ्घका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले श्रमजीवी वर्गका बालबालिकाको अध्ययनको थलोका रूपमा परिचित सामुदायिक विद्यालयको शैक्षिक उन्नयनका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा महाशाखा एवं डायल नेपालद्वारा व्यवस्था गरिएको दिवाखाजा कार्यक्रमले विद्यार्थीको सङ्ख्या वृद्धि गर्न सहयोगी बनेको बताए । 
    
विद्यालयको भौतिक एवं शैक्षिक क्षेत्रमा सहयोग गर्नुहुने नन्दराम गिरी, पूर्णबहादुर गुरुङ, गैससका केन्द्रीय अध्यक्ष सुवेदी, विक्रम थकाली, केशवबहादुर थापा, निर्माण व्यवसायी लीलकाजी गुरुङ, रुपा केसी, दुर्गाबहादुर गुरुङ, पूर्णकुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक अधिकारी, प्रेमबहादुर गुरुङ, सुरज परियार र रामप्रसाद पौडेललाई कदरपत्रले सम्मान गरिएको थियो । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x