११ साउन २०८३, सोमबार

आज प्रतिनिधि सभा बैठक : सम्भावित कार्यसूचीमा एमसीसीको छलफल

फागुन १२, २०७८
आज प्रतिनिधि सभा बैठक : सम्भावित कार्यसूचीमा एमसीसीको छलफल

प्रतिनिधि सभाको आज (बिहीवार)को बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोगको एमसीसी सम्झौताबारेको छलफल परेको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बर कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गरिने जनाइएको छ ।

कार्यसूचीको दोस्रो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ ।

एमसीसी विवादले सत्तारुढ गठबन्धनमा विवाद चर्किंदै गएको छ । 

salt training

कमेन्ट गर्नुहोस्