२९ असार २०८३, सोमबार

सरकारमा बसेर सडकमा आन्दोलन गरेको प्रति मन्त्री झाँक्रीको असन्तुष्टि

फागुन १२, २०७८
सरकारमा बसेर सडकमा आन्दोलन गरेको प्रति मन्त्री झाँक्रीको असन्तुष्टि

 सरकारमा पनि रहने र  सरकारविरुद्ध  आन्दोलन  पनि  गर्ने  दोहोरो  चरित्रबारे  नेकपा  (एकीकृत  समाजवादी)का  मन्त्रीले असन्तुष्टि जनाएका छन् ।

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकार वा सडक  एउटा  रोज्न  आफ्नै  पार्टी  नेतृत्वलाई  आग्रह गरेकी हुन् ।

नेकपा (एकीकृत समाजवादी) चितवनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो पार्टीकी केन्द्रीय सचिवसमेत रहेकी मन्त्री झाँक्रीले सरकारमा पनि बस्ने र सडकमा ढुङ्गा पनि हान्नेजस्तो अनैतिक राजनीति गर्न नहुने स्पष्ट पारिन्।

“हाम्रो समाजवादी पार्टीलाई चाहिँ सत्ता पनि चाहिने, सत्ता छाड्न पनि नहुने, सरकारका काममा पनि सहयोग गर्न नपर्ने, जुलुस लगाउन पर्ने हो भने यो विरोधाभाषपूर्ण कुरा हुँदैन, कि सरकार छाडेर जनतामा जाउँ कि सरकारले ल्याएको प्रस्तावलाई स्वीकारेर अगाडि बढौँ”, उनले भनिन्। पार्टी कार्यकर्ताका लागि पार्टीको निर्णय सार्वभौम भएकाले पार्टीले निर्णय  गर्दै  गर्दा  विरोधाभाषपूर्ण  निर्णय  गर्न  नहुने  उनको  तर्क  छ ।   गोरखापत्र दैनिकमा वसन्त पराजुलीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्