२७ असार २०८३, शनिबार

संस्थापक शेयरधनीलाई शेयर किन्न कडाइ

फागुन १२, २०७८
संस्थापक शेयरधनीलाई शेयर किन्न कडाइ

बैङ्क तथा वित्तीय संस्थाका संस्थापक शेयरधनीले अन्य बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्न  नेपाल राष्ट्र बैङ्कको अनुमति लिनुपर्ने  भएको छ ।

नेपाल राष्ट्र बैङ्कबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्र प्राप्त संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७८ (संशोधन/परिमार्जन) अनुसार संस्थापक शेयरधनीले अन्य संस्थाको शेयर किन्न अनुमति लिनुपर्ने व्यवस्था गरेको हो ।

यस्तो व्यवस्थाले अब बैङ्क तथा वित्तीय संस्थाका संस्थापक शेयरधनीले अन्य बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्न पनि राष्ट्र बैङ्कको स्वीकृति लिनुपर्ने  भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्