
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ए अन्तर्गत आज नेपाल र ओमान भिड्दैछन् ।
तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग भिड्न लागेको हो ।
खेल ओमानको अल अमेरातमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरू हुनेछ ।
सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपमा पुग्न असफल नेपालको ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्ने लक्ष्य रहेको छ ।
मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना चकनाचुर भएको थियो ।