
रुसको हवाई प्रतिरक्षा र वायुसेनालाई प्रिसिजन आक्रमणका साथ ध्वस्त पारेको त्यहाँको रक्षा मन्त्रालयले बयान जारी गरेर जनाएको छ ।
युक्रेनका विमानस्थल र धावनमार्गमा बम विस्फोट सुनिएपछि रुसको भनाइ आएको हो ।
अघि बढिरहेका रुसी सैनिकलाई युक्रेनका सीमारक्षकहरूले प्रतिकार नगरेको दाबी रुसी अधिकारीहरूले गरेका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले डोनबास क्षेत्रमा विशेष कारवाहीका लागि दिइएको आदेशमा हस्ताक्षर गरेपछि रुसी सैनिकहरू युक्रेनमा प्रवेश गरेका हुन् ।
तर युक्रेनका रक्षा प्रमुखहरूले रुसको कम्तीमा एउटा सैन्य विमान ध्वस्त भएको दाबी गरेका छन् ।
यसअघि बयान जारी गरेर मस्कोले युक्रेनको जंगी संरचनाका विभिन्न भागमा आक्रमण गरेको बताएको थियो ।
दोनेत्स्क र लुहान्स्कमा युक्रेनले गरेको आक्रमण रोक्न सैनय कारवाही आवश्यक रहेको तर्क पुटिनले गरेका छन् ।
युक्रेनमा उग्रवादीहरूको प्रभाव कम नगरेमा रुसमाथि आक्रमण हुन सक्ने उनको दाबी छ । किएभलाई रुसविरुद्ध हतियार पश्चिमी मुलुकहरूले दिएको आरोप पनि पुटिनले लगाएका छन् ।