२७ जेठ २०८३, बुधबार

युक्रेनमाथि रुसी आक्रमणमा १ जनाको मृत्यु भएको पुष्टि

फागुन १२, २०७८
युक्रेनमाथि रुसी आक्रमणमा १ जनाको मृत्यु भएको पुष्टि

युक्रेनमाथि रुसले बिहीवार बिहानबाट थालेको आक्रमणमा एकजना व्यक्तिको मृत्यु भएको पुष्टि गरिएको छ । 

युक्रेनको गृह मन्त्रालयका सल्लाहकारले किएभ क्षेत्रको ब्रोभारीमा एकजनाको मृत्यु भएको अनि अर्का एकजना घाइते भएको बताएका छन् । 

पूर्वी युक्रेनमा दुईवटा रुसी ट्यांक र कैयौं ट्रकहरू देखिएको अनि क्राइमियाबाट रुसले सैन्य उपकरणहरू पटठाइरहेको युक्रेनी सेनाले जनाएको छ । 

यसैबीच रुससमर्थक पृथक्तावादीहरूले लुहान्स्क क्षेत्रका दुई शहरमा नियन्त्रण कायम गरेको बताए । 

त्यसलाई पछि युक्रेन प्रहरीले पुष्टि गरेको छ । लुहान्स्कका दुईवटा गाउँ विद्रोहीहरूको कब्जामा परेको उसले बतायो । 

आफ्नो विमान युक्रेनी आकाशबाट खसाइएको भन्ने रिपोर्टलाई रुसको रक्षा मन्त्रालयले खण्डन गरेको छ । यसअघि युक्रेनी सेनाले लुहान्स्क क्षेत्रमा पाँचवटा रुसी विमान र एक हेलिकप्टर खसाइएको बताएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्