३० असार २०८३, मंगलबार
एमसीसीले निम्त्याएको तरंग

बानेश्वरमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

फागुन १२, २०७८
बानेश्वरमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । 

आजको संसद बैठकमा एमसीसीमाथि छलफल हुने भएपछि प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको हो । 

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका छन् । प्रहरीले पनि अश्रुग्यास, पानीको फोहोरा र लाठी चार्ज गरेको छ । 

बानेश्वर क्षेत्रमा रोड खाली गरेर प्रहरीले ब्यारिकेड राखेको छ । प्रदर्शनकारीले  निषेधित क्षेत्र ​ तोड्ने प्रयास गरिरहेका छन् । 

एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाली कांग्रेस (बीपी) लगायतले प्रदर्शन गरिरहेका छन् । 

सशस्त्र र जनपद प्रहरी बानेश्वर क्षेत्रमा परिचालित छन् । संसद भवनको सुरक्षालाई ध्यानमा राखेर बुधवार नै कम्पाण्डमा काँडेतार लगाइएको छ ।

माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यापक मात्रामा प्रहरी परिचालन  गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्