२२ असार २०८३, सोमबार

बाँडफाँट भयो राष्ट्र उत्थान लघुवित्तको आईपीओ, यसरी हेर्नुहोस् नतिजा

फागुन १२, २०७८
बाँडफाँट भयो राष्ट्र उत्थान लघुवित्तको आईपीओ, यसरी हेर्नुहोस् नतिजा

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) बाँडफाँट गरेको छ । 

यो लघुवित्तको आईपीओका लागि २५ लाख ८५ हजार २६१ आवेदकले आवेदन दिएकामध्ये ७९ हजार ४५० जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् । बाँकी आवेदक सबैको हात खाली भएको छ । 

यो कम्पनीले फागुन ४ देखि ८ गतेसम्म निष्कासन गरेको आईपीओ बिहीवार बाँडफाँट भएको हो । यसको शेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल रहेको छ । 

यसको आईपीओका लागि आवेदन दिएका २५ लाख लगानीकर्तामध्ये ५ हजार ८५९ जनाको आवेदन भने रद्द भएको छ । बाँकी २५ लाख ७९ हजार ४०२ जना योग्य आवेदकलाई मात्रै आईपीओ बाँडफाँट प्रक्रियामा सहभागी गराएको शेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।

राष्ट्र उत्थान लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँका दरले ८ करोड ५० लाख रूपैयाँको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

नतिजा https://iporesult.cdsc.com.np/ र https://result.niblcapital.com/#/ipo-result हेर्न सकिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्