३० असार २०८३, मंगलबार
कांग्रेस-एमाले सहकार्यको पहल

बानेश्वरको छलफल सकियो, साँझ बालुवाटारमा पुन: भेट्ने भन्दै उठे ओली र देउवा

फागुन १२, २०७८
बानेश्वरको छलफल सकियो, साँझ बालुवाटारमा पुन: भेट्ने भन्दै उठे ओली र देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ ।

प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दलका नेता ओलीबीच झण्डै २ घण्टा छलफल भएको थियो ।

शुरूमा कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूलाई पनि राखेर छलफल गरे पनि अन्तिममा देउवा र ओलीबीच 'वान टु वान' वार्ता भएको थियो ।

साँझ पुन: छलफल गर्ने गरी उठेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सञ्चारकर्मीलाई जानकारी गराएका छन् ।

साँझ ७ बजेपछि बालुवाटारमा पुन: छलफल हुने गगनले बताएका छन् ।

छलफलमा एमालेबाट ओलीका अलावा ईश्वर पोखरेल र सुवास नेम्वाङ तथा कांग्रेसबाट महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी थिए ।

एमसीसी पारित गर्न सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट साथ नपाएपछि देउवाले एमालेको साथ खोजेका हुन् ।

एमाले भने एमसीसीमा सघाउनु अघि सत्ता गठबन्धन टुट्नुपर्ने अडानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्