
पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७४३ नमूना परीक्षणमध्ये १५१ पीसीआर र १६७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९३१ छ ।
मन्त्रालयका अनुसार थप ५६२ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ५४ हजार ९०३ पुगेको छ ।
हाल मुलुकभर ९ हजार ६७८ सक्रिय संक्रमित छन् ।