२७ असार २०८३, शनिबार
देउवा-ओली भेट

ओलीसँगको छलफलपछि गगनले भने– अब गठबन्धनबाट पार नलाग्ने निष्कर्षमा पुग्यौं

फागुन १२, २०७८
ओलीसँगको छलफलपछि गगनले भने– अब गठबन्धनबाट पार नलाग्ने निष्कर्षमा पुग्यौं
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनबाट अब पार नलाग्ने निष्कर्ष पुगेको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीचको छलफलबाट बाहिरिने क्रममा थापाले एमसीसीको बारेमा गठबन्धनका दल एक ठाउँमा नरहेकाले गठबन्धनबाट पार नलाग्ने निष्कर्षमा आफूहरू पुगेको बताएका हुन् ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेकै सरकारको पालामा एमसीसी अघि बढेकाले त्यसलाई अनुमोदन गर्न सघाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको थापाले बताए । 

‘अहिलेको अवस्थामा अहिलेको सरकार र भविष्यको सरकारको अंक गणित महत्त्वको विषय भएन । एमसीसी अनुमोदन गराउन प्रमुख प्रतिपक्षी दलसँग सबै विषयमा छलफल गर्न तयार छौं । यो देशकै प्रतिष्ठाको विषय हो । यसलाई पास गरौं भनेर आग्रह गर्नुभयो’, थापाले भने । 

एमाले अध्यक्ष ओलीले पार्टीमा साथीहरूसँग छलफल गरेर जवाफ दिने बताएको थापाले जानकारी दिए ।

साँझ ७ बजे बालुवाटारमा पुनः छलफल हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्