०६ साउन २०८३, बुधबार

रुसको आक्रमणमा परी युक्रेनको ओडेसामा १८ जनाको मृत्यु

फागुन १२, २०७८
रुसको आक्रमणमा परी युक्रेनको ओडेसामा १८ जनाको मृत्यु

युक्रेनको ओडेसामा रहेको लिपेत्स्के गाउँस्थित जंगी अड्डामा रुसले आक्रमण गरेपछि १८ जनाको मृत्यु भएको त्यहाँको स्टेट इमर्जेन्सी सर्भिसको कार्यालयले जनाएको छ । 

स्थानीय समयअनुसार बिहान ११ बजे गरिएको आक्रमणमा आठ पुरुष र १० महिला मारिएको बताइएको छ । 

६ जनालाई उद्धार गरी अस्पताल लगिएको छ । एकजना उद्धारक समेत घाइते भई अस्पतालमा बितेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्