
गृहमन्त्री बालकृष्ण खाणले सकारात्मक ढंगले एमसीसी अगाडि बढ्ने बताएका छन् ।
नेपालमा कतिपय घटनाक्रमहरू पहिला हुँदैन भनिए पनि पछि भएको प्रमाण रहेको भन्दै उनले एमसीसी सकारात्मक ढंगले अघि बढ्ने बताएका हुन् ।
‘सरकार सदन सुचारु गराउन चाहन्छ, सदनलाई सुचारु गराउन सरकारले, प्रधानमन्त्रीजीले राजनीतिक दलका नेताहरूसँग संवाद गर्नुभएको छ,’ उनले भने, ‘नेपालमा कतिपय घटनाक्रमहरू हुँदैन जस्तो हुन्छ तर पछि सकारात्मक भएका छन्, आशा गरौँ, सकारात्मक ढंगले अघि बढ्ला र सदनको गतिरोध पनि अन्त्य होला ।’
सरकारमा रहेका घटकले सरकारकै पक्षमा समर्थन गर्ने पनि उनले दाबी गरे ।