२५ जेठ २०८३, सोमबार

महिनावारी हुँदा स्कुल जाँदैनन् शिक्षिका, देउता रिसाउने डर !

फागुन १३, २०७८
महिनावारी हुँदा स्कुल जाँदैनन् शिक्षिका, देउता रिसाउने डर !
तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट

बाजुराको बडिमालिका नगरपालिका-८ को जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरू महिनावारी भएका बेला विद्यालय जाँदैनन्।

विद्यालय रहेको स्थान रतुडा देउताको ओहोरदोहोर गर्ने मुख्य बाटो भएको भन्दै उनीहरू देवता रिसाउने डरले विद्यालय नजाने गरेका हुन् ।

'देउता रिसाउँछन् भन्छन् । त्यसैले बाध्य भएर विद्यालय जाँदैनौं,' शिक्षिका नीरा बिष्टले भनिन्।

कक्षा ३ सम्मको उक्त विद्यालयमा २ जना शिक्षिका र १ जना शिक्षक छन् । दुवै शिक्षिका महिनावारी हुँदा ५ दिनसम्म विद्यालयमा नआउने गरेको स्थानीय बताउँछन् ।

यसरी उनीहरू वर्षमा १२० दिन अनुपस्थित हुने गरेका छन्। शिक्षिका नआएपछि बालबालिकाको पढाइ प्रभावित हुने गरेको अभिभावक गोरखबहादुर अयडीले बताए।

शिक्षिका बिष्टले महिनावारी भएका बेला विद्यालय अनुपस्थित हुने गरेको स्वीकारिन्।

'हामी मात्र होइन यो ठाउँमा महिनावारी भएका कुनै पनि महिला आउँदैनन् । यस्तो बेला आए अनिष्ट हुन्छ भन्छन् । म पनि डरले आउँदिनँ.' नीराले भनिन्, 'स्थानीय महिला आउने आँट गरे म पनि आउँछु ।'  अन्नपूर्ण पोस्टमा पदमबहादुर सिंहले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्