०९ असार २०८३, मंगलबार

फेरि कानूनी झमेलामा फसिन् कंगना

फागुन १३, २०७८
फेरि कानूनी झमेलामा फसिन् कंगना

बलिउड अभिनेत्री कंगना रनावत फेरि एकपटक कानूनी झमेलामा फसेकी छन्। भारतको बठिडा अदालतले उनलाई अपिल १९ मा अदालतमा हाजिर हुन आदेश दिएको छ।

गत वर्ष भारतमा चलेको किसान आन्दोलनका क्रममा कंगनाले पञ्जावको बठिडास्थित बहादुरगढ़ जंडिया गाउँ निवासी महिन्दर कौर नामक ८७ वर्षीया महिलालाई सय रुपियाँ लिएर धर्ना बस्ने महिला भन्दै फोटोसहित ट्विट गरेकी थिइन्।

कंगनाले भने भारतको शाहिन बागमा नागरिकता संशोधन ऐनविरुद्ध आन्दोलन गर्ने बिलकिस बानो भन्ठानेर महिन्दरको फोटो हाल्न पुगेको बताएकी थिइन्।

यो घटनापछि महिन्दरले कंगनाले कोही अन्य महिलासँग तुलना गर्दै गरेको ट्विटबाट आफूलाई मानसिक तनाव भएको र परिवार, आफन्त तथा गाउँमा समेत आफ्नो इविमा ठेस पुगेको उल्लेख गर्दै कंगनाको उक्त भनाइ विरुद्ध अदालतमा सन् २०२१ को जनवरीमा मानहानीको उजुरी दर्ता गरेकी थिइन्।

उक्त उजुरीको मामलामा १३ महिनासम्म सुनुवाइ चलेपछि अदालतले कंगनालाई अदालतमा उपस्थित हुन आदेश दिएको हो। नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्