
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुक्रवार (आज)बाट काठमाडौंमा बस्दैछ ।
बैठक आज बिहान ११ बजेबाट बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
आजको बैठकमा एमसीसी, पार्टीको विधान, स्थानीय तह निर्वाचन र देशको वर्तमान राजनीतिक परिस्थितिलगायतका विषयमा छलफल हुने अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन्।
उनले बैठकमा सहभागी हुन सबै पदाधिकारी, केन्द्रीय कार्यकारी समितिका सदस्यलाई आह्वान गरेका छन् ।
