२७ असार २०८३, शनिबार

चीन र रुसका विदेशमन्त्रीबीच फोनवार्ता

फागुन १३, २०७८
चीन र रुसका विदेशमन्त्रीबीच फोनवार्ता

चीनका विदेशमन्त्री वाङ यी र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनमा वार्ता भएको समाचारमा जनाइएको छ । उनीहरूका बीचमा बिहीबार फोनवार्ता भएको छ ।

बिहीबार नै रुसले युक्रेनमा सैन्य हमला थालेको थियो ।

त्यसपछि बिहीबार राति उहाँहरुका बीचमा फोनवार्ता भएको समाचारमा जनाइएको छ । सो फोनवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनमा रुसले गरेको हमलाको बारेमा जानकारी गराएका थिए ।

रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ । युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हवाई हमला गरिरहेका बताइएको छ ।

सो फोनवार्ता खासगरी युक्रेनमाथिको हमला र त्यसका कारण विश्वमा उत्पन्न भएको राजनीतिक तरंगका विषयमा केन्द्रित रहेको समाचारमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्