
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेको विमानको भीआईपी सिटमा एक व्यक्ति पासपोर्ट र भिसाविनै पुगेको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।
फागुन ९ गते बेलुका विमानस्थलको सुरक्षा घेरालाई चुनौती दिँदै एक युवा कतारको दोहा उड्न लागेको नेपाल एयरलाइन्सको विमानको भीआईपी सिटमा पुगेको विषय छानबिन गर्न अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ ।
७ दिनभित्र घटनाको छानबिन गरेर प्रतिवेदन पेश गर्न गृहले निर्देशन दिएको छ ।
