२५ असार २०८३, बिहीबार

पत्ता लाग्यो, यसकारण महिलाका ब्रेस्टको साइज समान हुँदैन

कात्तिक २०, २०७४
पत्ता लाग्यो, यसकारण महिलाका ब्रेस्टको साइज समान हुँदैन

प्राय महिलाहरुले आफ्ना स्तन (ब्रेस्ट)को आकार (साइज) समान नभएको भनेर चिकित्सिकसँग परामर्श लिने गर्छन् । उनीहरुले ठान्छन् यो समस्याबाट आफूमात्रै पीडित छु ।

तर एक शोधले पत्ता लागेको छ कि प्राकृतिक रुपमै महिलाहरुको स्तनको साइज असमान हुन्छ । बे्रस्ट इम्प्लान्ट तथा सम्बद्र्धन गर्न चाहने १०० महिलामा गरिएको एक अध्ययनले यो कुराको खुलासा गरेको छ कि ९९ प्रतिशत महिलाका स्तन प्राकृतिक रुपमै असमान हुन्छन् ।

मेक्स मल्टिस्पेशिऐलिटी सेन्टरमा गाइनोलोजीका वरिष्ठ कन्सल्टेन्ट डाक्टर जयश्री सुन्दरले ब्रेस्टको साइज असमान हुनुका यस्ता कारण बताएका छन्ः

डा. सुन्दर भन्छन् कि दुईवटै स्तनको साइजमा थोरै अन्तर हुनु एकदम सामान्य कुरा हो । उनी भन्छन्, केही केसमा भने शरीरमा हुने परिवर्तनका कारण ब्रेस्टको साइजमा पनि असर गर्छ । तर यसबाट डराउनुपर्ने कुनै पनि कारण नभएको उनी बताउँछन् ।

उनी अगाडि भन्छन्, ब्रेस्टको साइजमा असमानता हुनु यौवनमा हुने परिवर्तनका कारण हुन सक्छ । यस्ता परिवर्तनका बेला कैयौं पटक एक ब्रेस्ट दोस्रोको तुलनामा छिटो विकसित हुन सक्छ ।

उनको अनुभव अनुसार धेरैजसो केसमा दुईवटै ब्रेस्टको साइजमा धेरै कम मात्रै अन्तर हुन्छ । र त्यसमा ध्यान पनि जाँदैन । तर यदि दुईवटै ब्रेस्टको साइजमा धेरै ठूलो अन्तर छ भने यो प्रस्ट देखिन्छ ।

डा. सुन्दरका अनुसार कैयौं पटक स्तनपान गराउने महिलाको ब्रेस्टको साइजमा असमान्य तरिकाले अन्तर आउन जान्छ । किनकी आमाहरुले प्राय एउटै स्तनबाट बच्चालाई दूध पिलाउने गर्छन् । यस्तो गर्दा पनि दुईवटा स्तनको साइजमा अन्तर आउन जान्छ । त्यसैले आमाहरुले बच्चालाई दुईवटै स्तनबाट समान रुपले दूध पिलाउनु राम्रो हुन्छ ।

कतिपय अवस्थामा भने स्तनमा हुने गाठा–गुठीका कारण पनि साइजमा अन्तर हुने गछृ । धेरै केसमा ब्रेस्टमा तन्तुको विकासका कारणले गाठा–गुठी बन्न पुग्छन् । यी गाठाहरु क्यान्सरको सिन्टोम नै हुन् भन्ने हुँदैन । यसको अलावा फाइब्रोसिस्टिक ब्रेस्टका कारण पनि गाठा–गुठी बन्न जान्छन् । यो एक सामान्य स्थिति हो । यसलाई जटिल मानेर डराउनु अथवा आत्तिनु पर्दैन ।

salt training

कमेन्ट गर्नुहोस्