२५ जेठ २०८३, सोमबार

रुस–युक्रेन युद्धको मुख्य रणभूमि बन्यो राजधानी किभ, ५० बढी बिस्फोट !

फागुन १४, २०७८
रुस–युक्रेन युद्धको मुख्य रणभूमि बन्यो राजधानी किभ, ५० बढी बिस्फोट !
फाइल फोटो

रुस र युक्रेनबीच भइरहेको युद्धमा रुसी सेना युक्रेनको राजधानी किभमा पुगेको छ ।

यतिबेला युद्धको मुख्य रणभूमि राजधानी किभ बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार किभमा रुसी सैनिक पुगिसकेको छ । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले युक्रेनी सेनालाई भनेका छन्, ‘आफ्ना नेतालाई लखेट्नुस् ।’ युक्रेनका राष्ट्रपतिले भने रुसी सेनालाई रोक्न आफ्ना सेनालाई आग्रह गरेका छन् ।

राजधानी किभमा ५० बढी बिस्फोटका आवाज साथसाथै मशिनगन फायरिङको आवाज सुनिएको छ । घरबाहिर ननिस्किन स्थानीय प्रशासनले नागरिकलाई आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्