
जनता समाजवादी पार्टी (जसपा) नेपाल कार्यकारिणी समितिको दोस्रो दिनको बैठक पनि निष्कर्षविहीन टुंगिएको छ ।
एमसीसीका विषयमा निर्णय गर्ने भनिए पनि सो विषयमा कुनै निर्णय हुन नसकेको प्रचार विभाग प्रमुख तथा कार्यकारिणी सदस्य डम्बर खतिवडाले जानकारी दिए ।
उनका अनुसार जसपाको बैठक भोलि फेरि बस्ने छ ।
पार्टीमा डा. बाबुराम भट्टराई पक्ष एमसीसी पास गर्नुपर्ने पक्षमा छ भने उपेन्द्र यादव पक्ष विपक्षमा छ ।