२५ असार २०८३, बिहीबार

बालकोट बैठकपछि सञ्चारमन्त्रीले भने- सन्देश दिन खोजेका थियौँ, सकेनौँ

फागुन १४, २०७८
बालकोट बैठकपछि सञ्चारमन्त्रीले भने- सन्देश दिन खोजेका थियौँ, सकेनौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित नेपाली कांग्रेसका नेता र एमालेका नेताबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।

एमालेले संसद्मा जारी राखेको अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारे नेताहरूबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि टोली बालकोटबाट बाहिरिएको हो । 

बालकोटस्थित ओली निवासबाट बाहिरिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले आजको छलफलबाट नयाँ सन्देश दिन खोजे पनि नसकेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । “आजको छलफलबाट तपाईँहरूलाई नयाँ सन्देश दिन खोजेका थियौँ तर सकेनौँ, यद्यपि हाम्रो छलफल भने जारी रहन्छ”, उनले भने, “गठबन्धन अहिले पनि जारी नै रहेको छ, आशा गरौँ संसद् सञ्चालन भएर सहमतिबाटै एमसिसी अगाडि बढ्छ ।”

छलफलपछि एमाले महासचिव शङ्कर पोखरेलले गठबन्धनको राय अझै स्पष्ट नआउँदा एमालेले आफ्नो निर्णय दिन नसकेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्