०१ साउन २०८३, शुक्रबार

युरोपेली संघको सदस्य बनाउन युक्रेनको अनुरोध

फागुन १४, २०७८
युरोपेली संघको सदस्य बनाउन युक्रेनको अनुरोध

 युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ । 

युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो । 

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गर्नु भएको समाचारमा जनाइएको छ । 

“अहिले हामी सङ्कटपूर्ण अवस्थामा छौँ, यस बारेमा धेरै छलफल र बहस नगरौँ, युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्,” उनले भने । 

उनले शनिबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेअनुसार संघको सदस्यको जिम्मेबारी निर्वाह गर्न युक्रेन तयार छ । 

salt training

कमेन्ट गर्नुहोस्