२२ असार २०८३, सोमबार

बर्डफ्लु नियन्त्रणका लागि उच्च सतर्कता

फागुन १५, २०७८
बर्डफ्लु नियन्त्रणका लागि उच्च सतर्कता

काठमाडौँ लगायत  देशका  विभिन्न  ठाउँमा बर्डफ्लु  देखिन  थालेपछि  त्यसको  नियन्त्रणका  लागि  सरकारले  प्रयास गरिरहेको छ ।

​ पशु  सेवा  विभागमा  शुक्रबार  केन्द्रीय  बर्डफ्लु  रोग  नियन्त्रण समन्वय  समितिको  आकस्मिक  बैठक  बसेको  थियो ।  

सो  बैठकले विभिन्न  ठाउँमा  देखिएको  बर्डफ्लु  रोगलाई  कसरी  नियन्त्रण  गर्ने  तथा विज्ञ कसरी परिचालन बारेमा निर्णय गरेको विभागका महानिर्देशक डा. लेखराज दाहालले जानकारी दिए ।

विभिन्न  ठाउँबाट  आएको  नमुना  परीक्षण  गर्दा  सिन्धुपाल्चोक, कास्की,  उदयपुर  र  लमजङमा  बर्डफ्लु  भएको  पुष्टि  भएको  छ ।

समितिले  सङ्क्रमण  देखिएको  ठाउँमा  तत्कालै  आकस्मिक  रोग अन्वेषण  कार्यदललाई  पठाउने  निर्णय  भएको  विभागका  प्रवक्ता  डा. चन्द्र ढकालले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्