२२ जेठ २०८३, शुक्रबार

बलात्कार आरोपमा फरार रहेका अभिनेता पल शाहको खोजी तीव्र

फागुन १५, २०७८
बलात्कार आरोपमा फरार रहेका अभिनेता पल शाहको खोजी तीव्र

एक जना नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरिएका अभिनेता पल शाह शनिबार रातिसम्म पनि पक्राउ परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँको अनुरोधमा महानगरीय प्रहरी परिसर काठमाडौको अपराध महाशाखाले उनको अझै खोजी गरिरहेको छ।

अभिनेता पल शाह काठमाडौं उपत्यकामै भएको अनुमान गर्दै परिसरले उनको सम्पर्कमा रहेका व्यक्तिसँग सोधपुछ बढाएको छ ।

यसैक्रममा पलको मुख्य भूमिका रहेको चलचित्र 'म यस्तो गीत गाउँछु-२' का निर्देशक सुदर्शन थापालाई शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरले सोधपुछ गरेको छ। राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्