२९ असार २०८३, सोमबार

'महाकाली सन्धी' सम्झँदै भीम रावलले भने : एमसीसीमा पनि जनता ठग्ने काम हुँदैछ

फागुन १५, २०७८
'महाकाली सन्धी' सम्झँदै भीम रावलले भने : एमसीसीमा पनि जनता ठग्ने काम हुँदैछ

 नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौताका विभिन्न प्रावधानमा संकल्प प्रस्ताव वा व्याख्यात्मक टिप्पणीबाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु भएको टिप्पणी गरेका छन् ।

उनले महाकाली सन्धीको संकल्प प्रस्तावजस्तै यो निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नुजस्तै भएको बताएका छन् । 

उनले लेखेका छन्,'एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा 'व्याख्यात्मक टिप्पणी' बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो। यो महाकाली सन्धिको 'संकल्प प्रस्ताव' जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो । देशघाती चरित्र !'

salt training

कमेन्ट गर्नुहोस्