
वडाध्यक्षको निधनको शोकमा सुर्खेतको भेरिगङ्गा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष नवराज कार्कीको निधनको शोकमा नगरपालिकाले सार्वजनिक विदा दिएको हो।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।
वडाध्यक्ष कार्कीको शुक्रवार राति काठमाडौँको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिका, वडा कार्यालयसँगै नगरपालिका भित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइएको छ ।’
