०१ साउन २०८३, शुक्रबार
पारित हुँदै एमसीसी

एमसीसीको व्याख्यात्मक टिप्पणी: इन्डो-पसिफिक रणनीतिको अंग होइन, संविधानभन्दा माथि छैन

फागुन १५, २०७८
एमसीसीको व्याख्यात्मक टिप्पणी:  इन्डो-पसिफिक रणनीतिको अंग होइन, संविधानभन्दा माथि छैन

सत्ता गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले विवादास्पद विषयमा व्याख्यात्मक टिप्पणी राखेर एमसीसी पारित गर्ने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

आजै प्रतिनिधि सभाको दोस्रो बैठक राखेर एमसीसी पारित गर्ने सहमति भएको पौडेलले बताए ।

एमसीसी सैन्य गतिविधिको अंग हैन, इन्डो प्यासिफिक रणनीति अन्तर्गत पर्दैन भन्ने लगायतका विषय समावेश गरेर एमसीसी पारित गर्ने सहमति बनेको पौडेलले जानकारी दिए ।

‘शंका उठाइएका विषय व्याख्यात्मक टिप्पणीमा समावेश गरेर एउटै प्रस्ताव बनाउन सहमति भएको छ, एमसीसी इन्डो–पसिफिक रणनीतिको अंग होइन र नेपालको संविधान सर्वोपरि हुन्छ भन्ने कुरा समावेश हुन्छ,’ पौडेलले भने, ‘विशुद्ध आर्थिक सहयोगको रूपमा मात्र बुझ्छौँ र सदनमा उठेका प्रश्नलाई सरकारले जवाफसहित व्याख्यात्मक प्रस्ताव सँगसँगै एट्याच गरेर त्यो सहित पारित हुन्छ ।’

यसअघि माओवादीका पूर्व स्थायी कमिटी सदस्यहरूको आजै बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्