
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्ने निर्णयमा असहमती व्यक्त गरेका छन् ।
‘पार्टी अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनमा प्रचण्डले व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको छ’, श्रेष्ठले ट्वीट गरेका छन्, ‘यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ ।’
प्रचण्ड निवास खुमलटारमा भएको बैठकमा पनि पार्टीका केही नेताहरुले व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्ने निर्णयमा मतभेद राखेको श्रेष्ठले बताए ।
उक्त निर्णय पार्टीको महाधिवेशनले गरेको निर्णयविरूद्ध र गलत भएको श्रेष्ठले बताएका छन् ।
गत पुसमा भएको माओवादी केन्द्रको आठौं महाधिवेशनले एमसीसीमा भएका प्रावधान संशोधनविना अनुमोदन गर्न नहुने निर्णय गरेको थियो ।