०९ असार २०८३, मंगलबार

सिरहाको लहानमा गएराति आगलागी, तीन लाखको क्षति

कात्तिक २०, २०७४
सिरहाको लहानमा गएराति आगलागी,  तीन लाखको क्षति
लहान, १८ पुस -सिरहाको लहानमा गएराति आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ । 

लहान नगरपालिका–२२ निवासी रामचन्द्र चौधरीको गाईगोठमा आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर नष्ट हुनुका साथै गोठमा रहेको एक वटा गोरु, एक वटा बाछा र एक वटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ ।

राति ११ बजेतिर भएको उक्त आगलागीमा परी अन्य चार थान चौपाया जलेर घाइते भएका छन् । सो आगलागीबाट करिब रु तीन लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्