३० जेठ २०८३, शनिबार

संसद् बैठकअघि माओवादीले बोलायो संसदीय दलको बैठक

फागुन १५, २०७८
संसद् बैठकअघि माओवादीले बोलायो संसदीय दलको बैठक

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्नेबारे सत्ता गठबन्धनमा भएको निर्णय जानकारी गराउन माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । 

संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बस्न लागेको सांसद इन्दुकुमारी शर्माले लोकान्तरलाई जानकारी दिइन् ।

केही नेताको विरोधका बावजूद माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दैछ । 

यसअघि सत्तारुढ गठबन्धनमा एमसीसी आजै अनुमोदन गर्ने सहमति भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्