
प्रतिनिधि सभाबाट आजै एमसीसी पारित गर्ने तयारी भएपछि बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
पछिल्लो केही दिनयता निरन्तर प्रदर्शन हुँदै आएको बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
एमसीसीको विरोधमा आइतवार पनि प्रदर्शनकारीहरू बानेश्वरमा भेला भएका छन् ।
माइतीघर तर्फबाट गएका प्रदर्शनकारीहरूलाई एभरेस्ट होटलबाट अगाडि बढ्न दिइएको छैन ।
यसअघि सत्ता गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो ।
माओवादी र एकीकृत समाजवादी व्याख्यात्मक टिप्पणी राखेर एमसीसी पारित गर्न तयार भएपछि गठबन्धनमा सहमति जुटेको थियो ।
हेर्नुहोस्, तस्वीरहरू :



