
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै चिज गुम्ने अवस्था आएपछि एमसीसीमा मध्यमार्गी विकल्प रोजिएको बताएका छन् ।
आइतवार बसेको संसदीय दलको बैठकमा प्रचण्डले गठबन्धन भत्किने र शान्ति प्रक्रियाको काम समेत अप्ठ्यारोमा पर्ने भएकाले मध्यमार्गी विकल्पमा जानुपरेको बताएका हुन् ।
‘सबै परिस्थिति र सबै कुरा मध्यनजर गरेर मध्यमार्गी निकास खोजेका छौं, संविधानविद्सँग सल्लाह गरेर व्याख्यात्मक प्रस्ताव पास गर्ने निर्णयमा पुगेका हौं,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘गठबन्धन मात्र होइन सबै चिज गुम्ने र शान्ति प्रक्रियालाई पनि खतरा भएपछि निकासमा पुग्नुपर्ने बाध्यता भयो ।’
आफूहरूको अडानका कारण व्याख्यात्मक प्रस्ताव आएको र यो उपलब्धि भएको प्रचण्डले दाबी गरे ।
‘यो विषयलाई धेरै लम्ब्याउनु देशको हितमा हुँदैन भनेर हामी एउटा विकल्पमा अगाडि बढ्यौं, अन्यथा कुनै निर्णय भएको छैन,’ प्रचण्डले भने ।