२९ जेठ २०८३, शुक्रबार

एमजीको नयाँ विद्युतीय गाडी 'एमजी जेडएस इभी' नेपाली बजारमा, यस्ता छन् विशेषता

फागुन १५, २०७८
एमजीको नयाँ विद्युतीय गाडी 'एमजी जेडएस इभी' नेपाली बजारमा, यस्ता छन् विशेषता

एमजीको नयाँ विद्युतीय गाडी एमजी जेडएस इभि २०२२ नेपाली बजारमा स्ट्यान्डर्ड रेन्ज-५१.९९ लाख

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले नक्साल शोरुममा आइतवार एक औपचारिक पत्रकार सम्मेलन गरी आफ्नो नयाँ विद्युतीय गाडी एमजी जेडएस् इभी २०२२ सार्वजनिक गरेको छ। 

 स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा आउने यो एमजी जेडएस् इभीमा दुईवटा ब्याट्री प्याकको विकल्पहरू पाउन सकिन्छ ।

 एउटा ५१.५* किलोवाट हाइ-टेक ब्याट्री भएको जसको रेन्ज ३१९किमी* छ र अर्को ७२.६ किलोवाट ब्याट्री भएको जसको रेन्ज ४४०किमी* छ । यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ । 

एमजी जेडएस इभी २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ ।

 साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन्।

एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको कम्पनीले जनाएको छ ।

एमजी जेडएस इभी २०२२ मा १३० एचपीको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ। 

यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गुड्न सक्छ ।

एमजीको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ १७ इन्चको डायमन्ड् कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेका छन् ।

एमजी जेडएस इभी २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल-ह्वील डिस्क ब्रेक टायर प्रेसर मनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् ।

यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्