०९ साउन २०८३, शनिबार
अनुमोदन हुँदै एमसीसी

सैद्धान्तिक छलफल सकेर संसद् भवनमै मन्त्रिपरिषद् बैठक बस्ने, त्यसपछि संसद्को दोस्रो बैठक

फागुन १५, २०७८
सैद्धान्तिक छलफल सकेर संसद् भवनमै मन्त्रिपरिषद् बैठक बस्ने, त्यसपछि संसद्को दोस्रो बैठक

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को व्याख्यात्मक घोषणा पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

एमसीसी स्वीकृत भएपछि मन्त्रिपरिषद्को बैठक बसेर व्याख्यात्मक घोषणा अनुमोदन गर्ने तयारी भएको हो । 

प्रतिनिधि सभामा चलिरहेको एमसिसीमाथिको सैद्धान्तिक छलफल सकिएपछि अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यक्रम छ ।

एमसीसी स्वीकृत भएपछि मात्र मन्त्रिपरिषद्बाट व्याख्यात्मक घोषणा पारित गर्ने सरकारको तयारी छ । 

‘संसदबाट एमसीसी स्वीकृत गरेपछि मात्र मन्त्रिपरिषद् बैठक बसेर व्याख्यात्मक घोषणा पारित गर्ने तयारी छ’ सरकारका एक मन्त्रीले भने, ‘आजै दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्ने तयारी छ ।’ 

संसद् सचिवालयले भने दोस्रो बैठकबारे निर्णय भइनसकेको बताएको छ । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले मन्त्रिपरिषद् बैठकपछि मात्र दोस्रो बैठकको टुंगो लाग्ने बताए । 

‘छलफल सकिएपछि मन्त्रीले जवाफ दिने कार्यक्रम छ, आजै दोस्रो बैठक बस्ने तयारी छ,’ पाण्डेले लोकान्तरसँग भने । 
 

salt training

कमेन्ट गर्नुहोस्