
धरान उपमहानगरपालिकास्थित एक होटलमा महिलाको शव फेला परेको छ ।
कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा धरानकै सुमिता तामाङ नाम गरेकी महिलाको शव फेला परेको हो ।
घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले मृतकका परिवार नआइसकेकाले थप भन्न सक्ने अवस्था नरहेको बताए ।
प्रहरीका अनुसार दुई दिनदेखि एउटा कोठामा पुरुष र महिला बसेका थिए । पुरुष भने फरार छन् ।
मंगलवार होटलका कामदारले कोठा सफा गर्ने क्रममा ती महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी छ ।
प्रहरीले महिलासँगै बसेका भनिएका पुरुषको खोजी भइरहेको जनाएको छ ।