२४ जेठ २०८३, आइतबार

उपचारका क्रममा चिनियाँ नागरिकको मृत्यु

कात्तिक २०, २०७४
उपचारका क्रममा चिनियाँ नागरिकको मृत्यु


पोखरा, २० असार - कास्कीको मादी गाउँपालिका–६ स्थित मार्दी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ नागरिकको उपचारका क्रममा आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४७ वर्षीय चिनियाँ नागरिक जिङ्ग झवोक्वी रहेका छन् । तीन वर्षदेखि उनले सो आयोजनामा काम गर्दै आएका थिए ।

गए राति खाना खाएर सुतेका र बिहान अचेत अवस्थामा देखेपछि त्यहाँ कार्यरत कर्मचारीले उपचारका लागि उनलाई मनिपाल शिक्षण अस्पतालमा भर्ना गराएका थिए । उपचारका क्रममा उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आयोजनामा प्रहरी टोली पठाएर घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्