२३ असार २०८३, मंगलबार

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन

फागुन १७, २०७८
कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन

नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा दोस्रो चरणको निर्वाचनअघि नै सर्वसम्मत निर्वाचित भएका छन् ।

सोमवार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलवार १ बजेबाट पुनः मतदान हुने कार्यतालिका थियो ।

पहिलो चरणमा सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले ५४५ मत प्राप्त गरेका थिए भने बुद्ध लामाले ५९२ मत प्राप्त गरेका थिए । अर्का उम्मेदवार जयराम लामिछानेले ५३१ मत पाएका थिए ।

कूल १ हजार ८५३ मतदातामध्ये १ हजार ७७५ जना प्रतिनिधिले मतदान गरेका थिए । पहिलो चरणबाट संस्थापन इतरका उम्मेदवार जयराम लामिछाने बाहिरिएका थिए । ३ जना सभापतिका उम्मेदवारमध्ये २ जना संस्थापन पक्षकै थिए ।

पराजुलीलाई केन्द्रीय सहमहामन्त्री तथा मकवानपुरकी नेत्री महालक्ष्मी उपाध्याय (डिना) को समर्थन थियो भने लामालाई बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको समर्थन थियो ।

दोस्रो चरणको निर्वाचन हुनुअघि नै लामा र पराजुलीबीच सहमति जुटेपछि निर्वाचन नभई लामा निर्वाचित भएका छन् । पराजुलीलाई स्थानीय चुनावमा हेटौंडा उपमहानगरपालिकाको मेयरको टिकट र प्रदेश कमिटीमा लैजाने सहमति भएको स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्