
पश्चिमले पहिलेको सोभियत संघअन्तर्गत रहेका कुनै पनि मुलुकमा सैन्य संरचना बनाउन नहुने रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले मंगलवार बताएका छन् ।
रुसका समाचार संस्थाहरू आरआईए र तासले लाभरोभको भनाइ उद्धृत गर्दै खबर दिएका छन् ।
केही युरोपेली मुलुकहरूले अमेरिकाको आणविक हतियारहरू राख्नु अस्वीकार्य भएको पनि उनले बताए । युक्रेनले यस्तै किसिमको हतियार नलिओस् भनी आफूहरूले कारवाही चलाएको लाभरोधको भनाइ छ ।