२० असार २०८३, शनिबार

बेलारुसका सैनिकहरू पनि पसे युक्रेन

फागुन १७, २०७८
बेलारुसका सैनिकहरू पनि पसे युक्रेन

रुसले युक्रेनमाथि गरेको आक्रमणमा बेलारुसले पनि मंगलवारबाट साथ दिएको छ । 

बेलारुसी सैनिकहरू उत्तरी युक्रेनको चेर्निहिभ क्षेत्रबाट प्रवेश गरेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् । 

मंगलवार बिहान एउटा ट्वीट पोस्ट गरेर युक्रेनी संसद् भेर्खोव्ना राडाले युक्रेनको भूमिमा बेलारुसी सैनिक रहेको पुष्टि गरेको हो । 

युक्रेनको नर्थ टेरिटोरियल डिफेन्स फोर्सेसका प्रवक्ता भिताली कीरीलोभले यसको जानकारी दिएका छन् ।

बेलारुसका ३३ सैन्य इकाइहरू किएभभन्दा उत्तरमा रहेको क्षेत्रमा प्रवेश गरेका छन् । मोबाइल सञ्चार बन्द गरिएको छ । 

दुई दिनअघि मात्र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले एक जनमतसंग्रह गराएर देशमा आणविक हतियार राख्न पाउने गरी संविधान संशोधन गराएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्