२० असार २०८३, शनिबार

महाशिवरात्रीको अवसरमा सय जनाभन्दा बढीले गरे रक्तदान

फागुन १७, २०७८
महाशिवरात्रीको अवसरमा सय जनाभन्दा बढीले गरे रक्तदान

नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा सय भन्दा बढीले रक्तदान गरेका छन् । नेपाल मानव धर्म सेवा समिति, गौशालाको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । । 

नेपाल मानव धर्म सेवा समिति २०७० सालमा समिति व्लड डोनर एशोशियसनबाट सबैभन्दा बढी महिलालाई रक्तदान गराउने संस्थाको रुपमा सम्मानित भएको  थियो । 

रगतको कमि पुरा गर्न सस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको व्लड डोनर एसोसियसनले बताएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार कुल जनसंख्याको २ प्रतिशतले रक्तदान गरे रगतको कमिलाई पुरा गर्न सकिन्छ । तर रक्तसञ्चार सेवा केन्द्रका अनुसार नेपालमा एक प्रतिशत भन्दा पनि कमले रक्तदान गदै आएका छन् । 

रगतको अभाव समाधानको लागि सस्थाको योगदान महत्वपूर्ण रहेको एसोशियसनका कोषाध्यक्ष मचकाजी महर्जनले बताए । ‘विज्ञानले सबैकुराको विकाश गरेपनि रगतको विकाश गर्न सकेको छैन । यदि कसैलाई रगतको कमि भए त्यसलाई पुरा गर्न स्वस्थ व्यक्तिबाट रगत लिनुको अर्को विकल्प छैन’, उनले भने । 

समितिबाट २०७८ असोज ६ मा ४ सय ३ जनाले रक्तदान गरेका थिए । २०७७ फागुन २७ मा एक सय आठ जनाले रक्तदान गरेका थिए । त्यस्तै २०७६ जेठ ३२ मा करिब एक हजार पिन्ट रगत संकलन गरिएको संस्थाले बताएको छ । व्लड डोनर एसोसियसनका अनुसार २०७६ असोज ४ मा देशभरीबाट एक हजार दुई सय ३७ जनाले रक्तदान गरेका थिए । 

समितिले विभिन्न अबसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्