१३ असार २०८३, शनिबार

काठमाडौं महानगरले सार्वजनिक गर्‍यो ‘मेयर्स रिसर्च फेलोसिप शोध ग्रन्थ’

फागुन १७, २०७८
काठमाडौं महानगरले सार्वजनिक गर्‍यो ‘मेयर्स रिसर्च फेलोसिप शोध ग्रन्थ’

काठमाडौं महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप शोध ग्रन्थ’ सार्वजनिक गरेको छ । 

कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की सहितको सहभागितामा शोध ग्रन्ध सार्वजनिक गरिएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा छनोट भएका विषयमा अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनलाई समेटेर शहरी योजना आयोगले शोध ग्रन्थ तयार पारेको थियो ।

शहरी योजना आयोगले २०७७ असोज ३० गते विभिन्न १० विधामा छनोट भएका १० युवासँग ‘मेयर्स रिसर्च फेलोसिप’का लागि सम्झौता गरेको थियो । 

कामपाले नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित ‘मेयर्स रिसर्च फेलोसिप’ कार्यक्रम सञ्चालन गरेको हो । अनुसन्धानको पहिलो चरणमा अध्ययन गरिएका विषयमा ‘कामपा क्षेत्रभित्र रहेका विद्यालयमा रोगसम्बन्धी जोखिम र स्वस्थ जीवनशैलीसम्बन्धी नीति अध्ययन, पैदलयात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभावः काठमाडौंको ठमेल क्षेत्रको अध्ययन, काठमाडौं उपत्यकाभित्र दीगो जोखिम न्यूनीकरण गर्नका लागि पूर्वाधार नक्सांकन सम्बन्धी अध्ययन, काठमाडौं उपत्यका भित्रको वायु गुणस्तर र वायु प्रदूषण संयन्त्रसम्बन्धी विश्लेषण अध्ययन र काठमाडौंका सामुदायिक विद्यालयका शिक्षिकाको अवस्था छन् । 

विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौं उपत्यका रिङरोड क्षेत्रको बायोमास र कार्बन स्टक सम्भाव्यता वृक्षरोपणसम्बन्धी अध्ययन, कामपाका ज्येष्ठ नागरिकको जीवनको गुणस्तरसम्बन्धी कानून, नीति र प्रमाण सम्बन्धी अध्ययन, कामपाको नवीन परिवर्तन हबका रूपमा विकास गर्न स्टेम शिक्षाको आवश्यकतासम्बन्धी अध्ययन, कामपा क्षेत्रभित्र नेवार समुदायमा रहेको गरीबी र सम्भावित निवारणका पद्धतिसम्बन्धी विषय छन् ।

कामपा शहरी विकास व्यवस्थापन (योजना तर्जुमादेखि कार्यान्वयनसम्म) मा सञ्चारको भूमिका र प्रभावकारिता अभिवृद्धि सम्बन्धी अनुसन्धान समेटिएको छ ।

प्रतिवेदनले आगामी निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई विकासको आवश्यकता पहिचान गर्न सहज हुने भन्दै कामपाका प्रमुख शाक्यले स्थानीय परिवेश बुझ्न अनुसन्धानकर्ताबाट विकासमा युवा सहभागितालाई उत्साह हुने व्यावहारिक कार्यक्रमको पनि अपेक्षा गरिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्