३२ असार २०८३, बिहीबार

कांग्रेस चितवनको अधिवेशन पर्सि हुने

फागुन १८, २०७८
कांग्रेस चितवनको अधिवेशन पर्सि हुने
प्रतिकात्मक तस्वीर

नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन पर्सि शुक्रवार हुने भएको छ ।

विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो ।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने जानकारी दिए । उनका अनुसार अधिवेशनले ७ पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । ३ क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ ।

जिल्ला सभापतिका लागि ६ जनाले आकांक्षा राखेका छन् । प्रा.डा. सूर्यकान्त घिमिरे, कैलाश कोइराला, उत्तम जोशी, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ र विजय भुसालले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

घिमिरे नेविसंघका पूर्व जिल्ला सभापति एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिस्ट्रार हुन् । खनाल र भुसाल महासमिति सदस्य हुन् भने कोइराला हालका उपसभापति र जोशी सचिव हुन् । श्रेष्ठ बागमती प्रदेशसभा सदस्य एवं मन्त्री हुन् ।

आकांक्षीको संख्या घटाउनका लागि आन्तरिक गृहकार्य भइरहेको छ । श्रेष्ठ संस्थापन पक्षमा देखिएका उम्मेदवार हुन् भने अन्य उम्मेदवार संस्थापन इतरका छन् । संस्थापन इतरका उम्मेदवारलाई एक बनाउन गृहकार्य भइरहेको छ ।

सभापति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ । पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने २ जनाबीच पुनः मतदान गर्नुपर्ने हुन्छ । २ हजार ९०६ मतदाता छन् ।

शुक्रवार मनोनयनको कार्यक्रम सम्पन्न गरी शनिवार मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्